June 17, 2024

एजेन्सी – साउदी अरेबियामा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको पहिलो सिजन ठीक-ठाक रह्यो। एक हिसाबले उनका लागि पहिलो सिजन अपेक्षाअनुरुप हुन सकेको थिएन।

तर दोस्रो सिजन भने उनका लागि सानदार हुने सङ्केत देखिएको छ। रोनाल्डोले साउदी प्रो लिगको जारी सिजनका ४ खेलमा ६ गोल गरिसकेका छन्। यस बीचमा उनले चार असिस्ट पनि प्रदान गरिसकेका छन्।

शनिबार राति अल नासरले अल हाजमको सामना गर्यो। अल हाजम विरुद्धको खेलमा रोनाल्डोले दुई असिस्ट मात्र दिएनन्, गोल पनि गरे। रोनाल्डोले खेलको ६८ औं मिनेटमा गोल गरेका थिए।

सो गोलसंगै रोनाल्डो फुटबलको इतिहाँसमा ८५० आधिकारिक गोल गर्ने पहिलो खेलाडी बने। उनले देश र क्लबका लागि ८ सय ५० अधिकारिक गोलको आँकडा छोएका हुन्। रोनाल्डो साउदी प्रो लिगको शिर्ष गोलकर्ता पनि रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *