June 25, 2024

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवी लामिछाने श्रीलंका प्रस्थान गरेका छन्। सोमबार श्रीलंकामा हुने नेपाल र भारत बीचको खेल हेर्न लामिछाने श्रीलंका प्रस्थान गरेका हुन्।

लामिछानेको साथमा उनकी श्रीमती निकिता पौडेल पनि श्रीलंका जाँदैछन्। लामिछानेका सहयोगी दिपक बोहोरा पनि नेपाल र भारत बीचको खेल हेर्न श्रीलंकाका लागि प्रस्थान गरेको लामिछानेको सचिवालयले जनाएको छ।

एसिया कपको दोस्रो खेलमा नेपालले सोमबार भारतको सामना गर्दैछ। नेपालले पहिलो पटक एकदिवसीय क्रिकेटमा भारतको सामना गर्न लागेको हो। नेपाल र भारत बीचको खेल हेर्न कलाकार, खेलाडी र सर्वसाधारण श्रीलंका गइरहेका छन्।

नेपाल र भारत बीचको खेल सोमबार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ। नेपालले एसिया कपको पहिलो खेलमा पाकिस्तानको सामना गरेको थियो। सो खेलमा नेपाल पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *