June 16, 2024

एजेन्सी – लन्डन क्लब आर्सनलले प्रिमियर लिगमा सनसनीपूर्ण जित निकालेको छ। आइतबार राति आर्सनलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेड विरुद्धको खेलमा सनसनीपूर्ण जित निकालेको हो।

बराबरीमा खेल सकिन लागेको अवस्थामा अन्तिम समयमा गोल गर्दै आर्सनलले जित पक्का गर्यो। निर्धारित ९० मिनेटपछि थप भएको समयमा दुई गोल गरेसंगै आर्सनल ३-१ को गोल अन्तरले विजयी भयो।

आर्सनलका लागि मार्टिन ओडेगार्ड, डेक्लन राइस र गेब्रियल जिससले एक-एक गोल गर्दा युनाइटेडका लागि एक मात्र गोल मार्कस र्यासफोर्डले गरे। खेलभर बलमा बढी नियन्त्रण आर्सनलको थियो।

खेलको २७ औं मिनेटमा युनाइटेडका र्यासफोर्डले गोल गर्दै आफ्नो क्लबलाई अग्रता दिलाए। तर त्यसको एक मिनेटममी आर्सनलले जवाफी गोल फर्कायो। आर्सनलका लागि ग्याब्रियल मार्टिनेलीको पासलाई मार्टिन ओडेगार्डले गोल गरेका थिए।

त्यसपछि निर्धारित ९० मिनेट सम्म कुनै पनि टोलीबाट गोल हुन सकेन। थपिएको समयको पाँचौं मिनेटमा डेक्लन राइसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। पिएको समयको ११औं मिनेटमा गेब्रियल जिससले काउन्टर अट्याकमा गोल गर्दा जित पक्का भयो।

युनाइटेडलाई पराजित गरेसंगै आर्सनलले १० अंक बनाएको छ। ३ जित र एक बराबरी सहित आर्सनल लिगको पाँचौ स्थानमा छ। पराजित युनाइटेड ६ अंक सहित ११ औं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *