June 22, 2024

एजेन्सी – स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोसले साउदीबाट आएको आकर्षक प्रस्तावलाई स्वीकार नगर्ने भएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार युरोपमै रहेर फुटबल खेल्नको लागि रामोसले साउदीबाट आएको प्रस्तावलाई स्वीकार नगर्ने भएका हुन्।

यो खबरलाई ट्रान्सफर बजारका राम्रा जानकार फाब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्। रामोसले साउदी नगई युरोपमै रहने निर्णय गरेको र पूर्व क्लब सेभिया फर्किने योजना बनाएको रोमानोले जनाएका छन्।

रोमानोका अनुसार रामोस आफ्नो पूर्व क्लब सेभिया फर्किन मौखिक रुपमा सहमत भएका छन्। अल इतिहाद र टर्कीस क्लबहरूबाट आकर्षक प्रस्ताव आएपनि रामोस सेभिया जान सहमत भएको रोमानोको दावी छ।

सन् २०२१ मा रियल म्याड्रिडसंगको सम्झौता सकिएपछि रामोस पेरिस सेन्ट जर्मेन(पिएसजी) आवद्ध भएका थिए। पिएसजीसंगको सम्झौता सकिएपछि रामोस फ्री एजेन्ट छन्। रियल म्याड्रिड जानु भन्दा अगाडी रामोसले सेभियाबाट खेलेका थिए। अब उनी १८ वर्ष पछि सेभिया फर्किने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *