June 22, 2024

काठमाडौँ – नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले ठूला टोलीसंग खेल्ने नेपालको सपना साकार हुन गइरहेको बताएका छन्। एसिया कप अन्तर्गत नेपालले भारतको सामना गर्नु भन्दा अगाडी देसाईले ठूला टोलीसंग खेल्ने नेपालको सपना साकार हुन लागेको बताएका हुन्।

नेपाली क्रिकेटको हरेक पुस्ताको सपना पूरा हुन लागेको देसाईले बताए। उनले भने,”नेपाली क्रिकेटको हरेक पुस्ताको सपना थियो कि एक दिन ठूला देशसँग खेल्ने…। आज यो सपना साकार हुँदैछ।”

नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको हो। एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गरेको थियो। सो खेलमा नेपाल २३८ रनले पराजित भएको थियो।

एसिया कपको दोस्रो खेलमा नेपालले आज भारतको सामना गर्दैछ। क्रिकेट पावर हाउस विरुद्ध नेपाल पहिलो पटक खेल्न लागेको हो। युवा श्रेणीमा नेपाल र भारत आमने-सामने भएपनि सिनियर श्रेणीमा भने दुई देश अहिले सम्म आमने-सामने भएका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *