June 25, 2024

एजेन्सी – मेजर सकर लिगको महत्वपूर्ण खेलमा इन्टर मियामीले सानदार जित निकालेको छ। सोमबार बिहान भएको खेलमा मियामीले लिगको बलियो मानिएको टोली लस एन्जलस एफसी विरुद्धको खेलमा जित निकालेको हो।

लस एन्जलस एफसी विरुद्धको खेलमा मियामीले बलमा राम्रो नियन्त्रण राख्दै पकड जमाएको थियो। खेलभर मियामीले बलमा ५२ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर मियामीको तर्फबाट कुल ९ प्रहार भए। जसमद्ये ६ प्रहार टार्गेटमा थिए र तीन प्रहार गोलमा परिणत भए।

लस एन्जलस एफसीले भने खेलभर २२ प्रहार गरेको थियो। त्यसमद्ये ६ प्रहार टार्गेटमा भएपनि गोलमा भने एक प्रहार मात्र परिणत भयो। फलस्वरूप लस एन्जलस एफसी मियामीसंग ३-१ को गोल अन्तरले पराजित भयो।

मियामीका लागि फाकुन्दो फारियस, जोर्डी अल्बा र लिओनार्दो क्याम्पानाले गोल गर्दा लस एन्जलसका लागि रियान होलिन्ग्सहेडले सान्त्वना गोल गरे। मियामीले १४ औं मिनेटमा फाकुन्दोको गोलबाट अग्रता लिएको थियो। पछि खेलको ५१ औं र ८३ औं मिनेटमा मियामीले दुई गोल थप्यो।

दुवै गोलका लागि मेस्सीले असिस्ट दिएका थिए। ५१ औं मिनेटमा अल्बाले गोल गर्दा क्याम्पानाले ८३ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै होलिन्ग्सहेडले लस एन्जलसका लागि खेलको ९० औं मिनेटमा गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *