June 22, 2024

एजेन्सी – आइतबार बिहान अमेरिकी क्लब इन्टर मियामीले मेजर सकर लिग अन्तर्गतको खेलमा लस एन्जलस एफसीलाई पराजित गर्यो। मियामीले लस एन्जल्सलाई उसकै घरेलु मैदानमा ४-१ को गोल अन्तरले पराजित गर्यो।

मियामीको जितमा फाकुन्दो फारियस, जोर्डी अल्बा र लिओनार्दो क्याम्पानाले गोल गरे। तीन मध्ये दुई गोलका लागि मेस्सीले असिस्ट दिएका थिए। गोल नगरे पनि दुई गोलमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको महत्वपूर्ण भूमिका रह्यो।

खेलको १४ औं मिनेटमै अग्रता लिएको मियामीका लागि दोस्रो गोल अल्बाले गरेका थिए र सो गोलका लागि असिस्ट मेस्सीले दिएका थिए। अल्बा बार्सिलोनाका पूर्व खेलाडी हुन्। अल्बाले गोलले धेरैलाई बार्सिलोनाको याद दिलायो।

बार्सिलोनाका अर्का पूर्व खेलाडी सर्जियो बुस्केट्सले दिएको लामो पासलाई मेस्सीले अल्बालाई पास गरेका थिए र सो पासलाई उनले गोलमा परिणत गरेका थिए। कुनै बेला बार्सिलोनाका लागि सँगै खेलेका यी तीन खेलाडी बीचको जुगलबन्दिले मियामीको दोस्रो गोल सम्भव भएको हो।

तीनै खेलाडी यसै समर ट्रान्सफर विन्डोमा मियामी आवद्ध भएका हुन्। मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी)संगको सम्झौता सकिएपछि मियामी पुगेपछि सर्जियो बुस्केट्स र अल्बा पनि मियामी आवद्ध भए। तीन खेलाडीको आगमन पछि मियामी निरन्तर उच्च प्रदर्शन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *