June 16, 2024

काठमाडौँ – भारतीय पूर्व क्रिकेटर आकास चोपडाले भारतले नेपाली क्रिकेटलाई अपनाउनुपर्ने बताएका छन्। श्रीलंकामा नेपाल र भारत बीचको खेल चल्दै गर्दा चोपडाले नेपालमा क्रिकेटको राम्रो सम्भावना रहेको उल्लेख गर्दै भारतले नेपाली क्रिकेटलाई अपनाउनुपर्ने बताएका हुन्।

आकासले सामाजिक सञ्जाल मार्फत नेपालमा क्रिकेटप्रतिको जोश अतुलनीय रहेको दावी गरेका छन्। भारतले नेपाली क्रिकेटलाई स्वीकार गर्दै ए टोलीलाई भए पनि क्रिकेट खेल्न नेपालमा पठाउनुपर्ने उनको भनाई छ।

त्यसक्रममा उनले भारत-एले विन्डिजमा पूर्ण प्रथम श्रेणी सिजन खेलेको स्मरण पनि गरेका छन्। भारतले नेपाललाई भारतको घरेलु संरचनामा समावेश गर्दा राम्रो हुने आकासले सामाजिक संजालमा उल्लेख गरेका छन्।

“भारतले नेपाली क्रिकेटलाई अपनाउनुपर्छ र नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा गति दिनु पर्छ। यो भारतको दायित्व हो । भारतले ‘ए’ टोलीलाई नेपाल पठाउनुपर्छ। उनीहरूलाई भारतको घरेलु संरचनामा समावेश गर्नुपर्छ(मलाई याद छ भारत-एले विन्डिजमा पूर्ण प्रथम श्रेणी सिजन खेलेको)। नेपालमा क्रिकेटप्रतिको जोश अतुलनीय छ… र उनीहरूसँग सम्भावना पनि छ ।”,आकासले समाजिक संजालमा लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *