June 16, 2024

काठमाडौँ – नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले भारत विरुद्धको खेलमा रेकर्ड बनाएका छन्। एसिया कपको दोस्रो खेलमा भारत विरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै रेकर्ड बनाएका हुन्।

नेपालका लागि ओपनिङ गर्न मैदानमा उत्रिएका उनले भारत विरुद्ध उत्कृष्ट खेल्दै अर्धशतक बनाए। उनले ८८ बलमा अर्धशतक पूरा गरेका हुन्। अर्धशतक पूरा गरेसंगै उनी एसिया कपमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

भारत विरुद्ध ५८ रन बनाएसंगै एकदिवसीय करियरमा उनको रन १ हजार २ सय ५० पुगेको छ। कुल ४३ खेलमा १ शतक र १० अर्धशतक सहित उनले १२ सय ५० रन बनाएका हुन्।

भारत विरुद्धको खेलमा उनले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए। आसिफ तीव्र गतिका बलर मोहम्मद शिराजको ३० औं ओभरको पाँचौं बलमा टप एजमा बल लाग्दा कोहलीबाट क्याच आउट भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *