June 16, 2024

एजेन्सी – आइतबार अमेरिकी क्लब इन्टर मियामीले मेजर सकर लिगको बलियो मद्ये एक रहेको लस एन्जलस एफसीको सामना गर्यो। अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले लस एन्जलस विरुद्ध गोल गर्न नसकेपनि दुई असिस्ट दिए। मेस्सी प्रेरित मियामी ३-१ को गोल अन्तरले विजयी भयो।

खेल चल्दै गर्दा एक पटक अवस्था यस्तो बन्यो कि मेस्सीका अंगरक्षक यासिन चुइकोले एक्सन लिनु पर्यो। एक दर्शक मैदान प्रवेश गरेपछि मेस्सीका अंगरक्षक एक्सनमा उत्रन परेको हो।

मेस्सीलाई अँगालो हाल्न मैदान बाहिरबाट एक समर्थक दौडिएर मैदान प्रवेश गरेका थिए। त्यसपछि मेस्सीका अंगरक्षक चुइको पनि मैदान प्रवेश गरे र ती समर्थकलाई नियन्त्रणमा लिए।

रिपोर्टका अनुसार चुइकोलाई मेस्सीको व्यक्तिगत सुरक्षाको जिम्मा दिइएको छ। खेल मैदान बाहिर मात्र नभई खेल मैदान भित्र पनि चुइकोले मेस्सीको सुरक्षाको जिम्मेवारी लिएका छन्।

क्लबका अध्यक्ष डेभिड बेकह्यामको सिफारिसमा उनलाई मेस्सीको सुरक्षाको जिम्मेवारी दिइएको बताइएको छ। युएस आर्मीमा रहँदा चुइकोले इराक र अफगानिस्तानमा नेभी सीलको रूपमा सेवा पूरा गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *