June 16, 2024

काठमाडौँ – क्रिकेट कमेन्टेटर एन्ड्रयू लियोनार्डले पाकिस्तान र भारतसँग हार्नु कुनै लाजको कुरा नरहेको बताएका छन्। नेपाली क्रिकेटका समर्थक समेत रहेका लियोनार्डले पाकिस्तान र भारत जस्ता टोली विरुद्धको खेलमा पराजित हुँदा कुनै लाज मान्न नपर्ने बताएका हुन्।

नेपाल र भारत बीचको खेल पश्चात सामाजिक संजाल मार्फत लियोनार्डले नेपालले दुवै खेलका स्वस्थ चरणहरूमा नेपालले आफ्नो स्तर देखाएको र द्रुत सुधारको संकेत गरेको उल्लेख गरेका छन्।

नेपालको पछिल्लो सफलतालाई लिएर सिङ्गो राष्ट्रले गर्व गर्नुपर्ने लियोनार्ड बताउँछन्। त्यसक्रममा उनले भारत र नेपाल बीचको खेलमा भारतीय समर्थकलाई नेपाली समर्थकले पछि परेको देखेर आफू चकित परेको पनि बताउन छुटाएका छैनन्।

“नेपालको पहिलो #AsiaCup अभियानमा धेरै सकारात्मक कुराहरू लिएर पर्दा बन्द भयो। पाकिस्तान र भारतसँग हार्नु कुनै लाजको कुरा होइन र नेपालले दुवै खेलका स्वस्थ चरणहरूमा देखाएको छ कि उनीहरू यस स्तरमा छन् र उनीहरूले द्रुत सुधारको स्केल बनाइरहेका छन्। राष्ट्रले खेलाडी धेरै खेलाडीहरुको प्रदर्शनमा गर्व गर्नुपर्छ, म पक्कै पनि छु।”,लियोनार्डले सामाजिक संजालमा लेखेका छन्।

यस्तै उनले मोन्टी देसाई र रोहित पौडेलको नेतृत्वमा नेपाली क्रिकेट टोलीको धेरै विशेष यात्राको शुरुवात हुन गइरहेको हुँदा खुलेर साथ दिन पनि आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *