June 25, 2024

काठमाडौँ – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कप अन्तर्गत भारत विरुद्धको खेल पश्चात भारतीय स्टार क्रिकेटरद्वय विराट कोहली र रोहित शर्मासँग उत्साहजनक कुराकानी भएको बताएका छन्।

खेल पश्चात आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा पौडेलले कोहली र रोहित शर्मासंग आफ्नो छोटो कुराकानी भएको र सो कुराकानी उत्साहजनक रहेको उनले बताएका हुन्।

“खेलपछि रोहित शर्मा र विराट कोहलीसँग कुराकानी भयो । छोटो कुराकानी तर उत्साहजनक थियो”,पत्रकार सम्मेलनमा रोहितले भने। त्यसक्रममा उनले नेपालको प्रदर्शनबाट आफू धेरै खुशी रहेको बताउन छुटाएनन्।

उनले भने,”समग्रमा आजको प्रदर्शनबाट म धेरै खुशी छु । विशेषगरि ब्याटरबाट । ओपनरले आफ्नो भूमिका राम्रोसँग निर्वाह गरे । मध्यक्रमका ब्याटरले अझ राम्रो गर्न सक्थे । मेरो बिचारमा २७०-२८० रन राम्रो योगफल हुनसक्थ्यो । समग्रमा खेलाडीको प्रदर्शनमा धेरै खुशी छु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *