June 25, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामीले भारतीय क्रिकेटर विराट कोहलीसँग अटोग्राफ लिएका छन्। पछिल्लो समय राम्रो अल राउण्ड प्रदर्शन गरिरहेका सोमपालले कोहलीको अटोग्राफ लिएका हुन्।

एसिया कप खेल्ने क्रममा श्रीलंका रहेका कामीले जुत्तामा कोहलीको अटोग्राफ (हस्ताक्षर) लिँदै गरेको तस्बीर सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन्। त्यसक्रममा उनले कोहली एक क्रिकेटर मात्र नभई भावना रहेको पनि उल्लेख गरेका छन्।

“विराट कोहली क्रिकेटर मात्रै होइनन्, उनी भावना हुन्।”,सोमपालले कोहलीसँगको तस्बिर राख्दै लेखेका छन्। एसिया कप क्रिकेटको सोमबारको खेलमा नेपालले भारतको सामना गरेको थियो।

नेपालका लागि सोमपालले उत्कृष्ट ब्याटिङ गरेका थिए। उनले ५६ बलमा १ चौका र २ छक्का सहित ४८ रनको योगदान दिएका थिए। उनलाई उच्च प्रदर्शनमा नेपालले प्रतिष्पर्धात्मक लक्ष्य दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *