June 17, 2024

काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाली क्रिकेट प्रति सबैले गर्व गर्नु पर्ने बताएका छन्। एसिया कपको दोस्रो खेलमा नेपालले भारतको सामना गरेपछि खड्काले सामाजिक संजाल मार्फत यसो बताएका हुन्।

केहि दिन अगाडी मात्रै क्यानको बागमती प्रदेश अध्यक्षमा निर्वाचित खड्काले नेपाली क्रिकेटको विकासका लागि सम्पूर्णमा सहयोगको भावना, सहनशीलता र धैर्यता कायम हुनु पनि आवश्यक पनि बताएका छन्।

“हामी अघि बढ्ने प्रयासमा छौँ । सम्पूर्णमा सहयोगको भावना, सहनशीलता र धैर्यता रहोस् भन्ने अपेक्षा छ। यो खेलमा आर्थिक लगानी सँगसँगै क्रिकेट खेलको संस्कार पनि स्थापना गर्नतिर हामी अग्रसर हुन पर्छ । हामीलाई हाम्रो राष्ट्रिय क्रिकेट टोलीप्रति गर्व छ ।”,खड्काले सामाजिक संजालमा लेखेका छन्।

सोमबार नेपालले एसिया कपको दोस्रो खेलमा भारतको सामना गर्यो। नेपालले भारत विरुद्ध खुलेर ब्याटिङ गरेको थियो। भारतसंग १० विकेटको पराजय भोगेपनि यति बेला बेलाको चर्चा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *