June 25, 2024

एजेन्सी – नेपालले एसिया कपको दोस्रो खेलमा सोमबार भारतको सामना गर्यो। क्रिकेटको इतिहासमा नेपालले सोमबार पहिलो पटक एकदिवसीय खेलमा भारतको सामना गरेको हो। भारत विरुद्ध खुलेर ब्याटिङ गरेपनि नेपाल भारतको विकेट लिन भने चुक्यो।

नेपालले कुनै पनि भारतीय खेलाडीको विकेट लिन सकेन र १० विकेटले पराजित भयो। भारतसंग पराजित भएपनि यति बेला नेपालको प्रशंसा नै भइरहेको छ। नेपाललाई १० विकेटले जित्दा भारतीय खेलाडीहरुले विभिन्न रेकर्ड समेत बनाए।

नेपाल विरुद्ध खेल्दा भारतका शुभमन गिलले २९ इनिङ्समा कोसेढुङ्गा पूरा गर्दै सबैभन्दा छिटो १,५०० ओडीआई रन बनाउने कीर्तिमान बनाए। यसअघि यो कीर्तिमानश्रेयस अय्यरको नाममा थियो। उनले ३४ खेलमा १ हजार ५ सय ओडीआई रन बनाएका थिए।

त्यस्तै भारतीय अल राउण्डर रविन्द्र जडेजा एसिया कपमा भारतका सर्वाधिक विकेट लिने रेकर्डमा बराबरी गरेका छन्। नेपालको तीन विकेट लिएसंगै उनले एसियाकपमा सर्वाधिक विकेट लिने भारतीय खेलाडीको रेकर्डमा उनले पूर्व अलराउन्डर इरफान पठानसंग बराबरी लिएका हुन्। दुवैले एसिया कपमा २२-२२ विकेट लिएका छन्।

नेपाल विरुद्ध उच्च प्रदर्शन गरेका रोहित शर्मा र शुभमन गिलले एकदिवसीय एसिया कपमा भारतका लागि तेस्रो-उच्च ओपनिङ साझेदारीको रेकर्ड बनाएका छन्। दुई मिलेर नेपाल विरुद्ध १ सय ४७ रन बनाएका थिए। रोहित र गिलबीचको साझेदारी एकदिवसीय एसिया कपमा भारतीय ओपनिङ जोडीको तेस्रो सबैभन्दा ठूलो साझेदारी थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *