June 14, 2024

एजेन्सी – पाकिस्तान र श्रीलंकामा जारी एसिया कपमा नेपालले पहिलो पटक सहभागी जनायो। नेपालले त्यहाँ पहिलो पटक क्रिकेटका पावर हाउस भारत र पाकिस्तानको सामना गर्यो। दुई मद्ये कुनै पनि खेलमा जित निकाल्न नसकेपनि नेपालले राम्रो अनुभव बटुल्यो।

पहिलो उद्दघाटन खेलमा पाकिस्तानसँग २३८ रनले पराजित हुँदा भारतसंग १० विकेटले पराजित भयो। दुई खेल मद्ये दुवै खेलमा पराजित भएपनि नेपालका केहि खेलाडीले राम्रो प्रदर्शन गरे।

एसिया कपमा राम्रो प्रदर्शन गर्ने तीन खेलाडी निम्न छन् –

सोमपाल कामी

एसिया कपको उद्दघाटन खेलमै पाकिस्तानविरुद्ध सोमपालले सर्वाधिक रन बनाएका थिए। नेपालका कुनै पनि ब्याट्सम्यानले खासै टिकेर खेल्न नसकेको अवस्थामा उनले पाकिस्तान विरुद्ध २८ रन बनाए। उनले ४६ बलको सामना गर्दै २८ रन बनाएका हुन्। त्यस्तै भारत विरुद्धको खेलमा पनि सोमपालले ४८ रन बनाए। उनले ५६ बलको सामना गर्दै भारत विरुद्ध ४८ रन बनाएका हुन्।

आसिफ शेख

यस्तै एसिया कपमा जम्न सफल अर्का खेलाडी हुन् आसिफ शेख। पाकिस्तान विरुद्धको खेलमा खासै राम्रो खेल्न नसकेपनि आसिफ शेखले भारत विरुद्ध भने नेपालका लागि सर्वाधिक रन बनाए। पाकिस्तान विरुद्ध उनले मात्र ५ रन बनाएका थिए। तर भारत विरुद्ध भने उनले ५८ रन बनाए। कुल ९७ बलको सामना गर्ने क्रममा उनले ५८ रन बनाएका हुन्।

कुशल भुर्तेल

एसिया कपमा नेपालका लागि सर्वाधिक सफल तेस्रो खेलाडी कुशल भुर्तेल हुन्। एसिया कपमा नेपालका लागि सर्वाधिक सफल तेस्रो खेलाडी जमेर खेल्न सकेनन्। तर भारत विरुद्ध भने उनले खुलेर खेल्न सके। उनले भारत विरुद्ध २५ बलको सामना गर्दा ३८ रन बनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *