June 14, 2024

काठमाडौँ – एसिया कपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली आज नेपाल फर्कँदैछ। एसिया कपमा भारत र पाकिस्तानको सामना गरेर नेपाल आज नेपाल फर्किन लागेको हो।

नेपाली टोली बुधबार श्रीलंकाबाट श्री लंकन एयरको उडानमार्फत काठमाडौं आउने भएको जानकारी प्राप्त भएको छ। नेपाली क्रिकेट टोली श्रीलंगन एयरको युएल १८१ उडान मार्फत नेपाल आउने भएको हो।

सो उडान नेपाली समय अनुसार बिहानको ८ बजेर ५० मिनेटमा उड्नेछ भने त्यसको लगभग साँढे ३ घण्टामा नेपाल आइपुग्नेछ। विमान नेपालमा १२ बजेर १५ मिनेट आसपास ल्याण्ड हुने तय भएको छ।

नेपाली राष्ट्रिय टोली केहि साता अगाडी एसिया कपमा सहभागी हुन पाकिस्तान गएको थियो। त्यहाँ नेपालले पाकिस्तानको सामना गर्यो। नेपाल पाकिस्तानसंग २३८ रनले पराजित भएको थियो।

त्यसपछि नेपाल श्रीलंका प्रस्थान गरेको थियो। श्रीलंकामा नेपालले भारतको सामना गर्यो। नेपालले भारत विरुद्ध २ सय ३० रन बनाएपनि जितका लगागी पर्याप्त भएन। नेपाल भारतसंग १० विकेटले पराजित हुन पुग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *