June 25, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने हाल घाइते रहेका रियल म्याड्रिडका ब्राजिलियन स्टार भिनिसियस जुनियर सेप्टेम्बरको अन्तिम साता मैदान फर्किन सक्छन्।

केहि समय अगाडी घाइते भएका भिनिसियस जुनियर अन्तिम साता म्याड्रिड डर्बीका लागि फिर्ता हुने उच्च सम्भावना रहेको स्पेनिस पत्रिका एल नेसियोनलले जनाएको हो।

रियल म्याड्रिडको मेडिकल टोलीले सेप्टेम्बर २४ मा हुने म्याड्रिड डर्बीका लागि भिनिसियस उपलब्ध हुन सक्ने गरी उनको उपचार गरिरहेको बताइएको छ।

२५ अगस्टमा सेल्टा भिगो विरुद्ध लस ब्लान्कोसको १-० ले लिगको जितमा ब्राजिलियन सुपरस्टारको ह्यामस्ट्रिङमा चोट लागेको थियो। घाइते भएपछि उनलाई १८ औं मिनेटमा मैदानबाट फिर्ता बोलाइएको थियो।

अन्तर्राष्ट्रिय ब्रेक पछि एट्लेटिको म्याड्रिड विरुद्धको खेलमा लागि भिनिसियस उपलब्ध हुने उच्च सम्भावना रहेको बताइएको छ। त्यसअगाडीका खेलमा भने उनी हुने छैनन्। म्याड्रिड डर्बी अगाडी ला लिगा दिग्गजहरूले रियल सोसिडाडसँग लिग खेल र युएफा च्याम्पियन्स लिगको समूह चरणको खेल युनियन बर्लिनसँग खेल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *