June 25, 2024

एजेन्सी – लामो समय पश्चात पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो बालोन डी’ओर अवार्डको मनोनयनमा पर्न असफल भएका छन्। पछिल्लो डेढ दशक भन्दा लामो समय देखि निरन्तर बालोन डी’ओर मनोनयनमा स्थान बनाउँदै आएका रोनाल्डो यस पटक भने मनोनयनमा पर्न असफल भएका हुन्।

सन् २००३ मा म्यानचेस्टर युनाइटेडका लागि उच्च प्रदर्शन गर्दै बालोन डी’ओर मनोनयनमा स्थान बनाएयता रोनाल्डो निरन्तर मनिनित हुने गरेका थिए। तर यस पटक भने उनी मनोनयनमा पर्न सकेनन्।

रोनाल्डोले सर्वाधिक बालोन डी’ओर जित्ने दोस्रो खेलाडी हुन्। उनले अहिले सम्म पाँच पटक सो अवार्ड जितिसकेका छन्। सन् २००८, सन् २०१४, २०१५,२०१६ र सन् २०१७ मा उनले बालोन डी’ओर जितेका थिए।

युरोप छाडेर साउदी गएपनि रोनाल्डो बालोन डी’ओरमा नपरेको अनुमान गरिएको छ। रोनाल्डो गत जनवरी ट्रान्सफर विन्डोमा युरोप छाडेर साउदी पुगेका हुन्। त्यहाँ रोनाल्डो उच्च प्रदर्शन गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *