June 16, 2024

Argentina's forward Lionel Messi (C) raises a replica of the World Cup trophy next to his teammates during a recognition ceremony for the World Cup-winning players, following the friendly football match between Argentina and Curacao at the Madre de Ciudades stadium in Santiago del Estero, in northern Argentina, on March 28, 2023. (Photo by JUAN MABROMATA / AFP) (Photo by JUAN MABROMATA/AFP via Getty Images)

एजेन्सी – विश्वकप विजेता अर्जेन्टिना यस हप्ताबाट विश्वकप उपाधि रक्षाको अभियानमा होमिँदैछ। उपाधि रक्षाको पहिलो कदमको रुपमा अर्जेन्टिनाले विश्वकप छनोट अन्तर्गतका खेल शुक्रबारबाट खेल्न लागेको हो।

दक्षिण अमेरिकी विश्वकप छनोटको पहिलो खेलमा अर्जेन्टिनाले इक्वेडरको सामना गर्दैछ। खेल शुक्रबार मोनुमेन्टल डे नुनेज स्टेडियममा हुनेछ। घरेलु मैदानमा अर्जेन्टिना इक्वेडरलाई पराजित गर्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछ।

अमेरिका, मेक्सिको र क्यानडामा सन् २०२६ मा हुने विश्वकपमा ४८ राष्ट्र सहभागी हुँदैछन्। दक्षिण अमेरिकाबाट विश्वकप छनोट खेलेर ६ राष्ट्रले विश्वकपमा स्थान बनाउनेछन्। सातौँ हुने राष्ट्रले प्लेअफ मार्फत विश्वकपका लागि छनोट हुने अवसर पाउनेछ।

दक्षिण अमेरिकाका १० राष्ट्र बीच हुने विश्वकप छ्नोट प्रतिष्पर्धामा अर्जेन्टिना दोस्रो हुँदै गत विश्वकपका लागि छनोट भएको थियो। कतारमा सम्पन्न विश्वकपमा अर्जेन्टिना पहिलो खेलमा पराजित भएपनि त्यसपछिका सम्पूर्ण खेलमा जित निकाल्दै फाइनल सम्म पुगेको थियो। फाइनलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई पराजित गर्दै विश्वकप उपाधि उचालेको थियो।

अर्जेन्टिनालाई विश्वकप विजेता बनाउन मुख्य भूमिका खेलेका लियोनेल मेस्सी उपाधि रक्षाको अभियानमा डटेर लाग्ने योजनामा छन्। केहि समय अगाडी मेस्सीले विश्वकप उपाधि रक्षाको मज्जा लिने मुडमा आफू रहेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *