June 16, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ब्याट्सम्यान कुशल भुर्तेलले पाकिस्तानसंग खेलेपछि भारतसंग खेल्न सहज भएको बताएका छन्। एक कार्यक्रमका क्रममा भुर्तेलले बिहिबार पाकिस्तान विरुद्ध खेलिसकेपछि भारत विरुद्ध खेल्न सहज भएको बताएका हुन्।

इन्स्पायर नोबल फाउण्डेसनले प्रदान गरेको पुरस्कार ग्रहण गरिसकेपछि बोल्नेक्रममा कुशलले पाकिस्तानसँग खेलिसकेपछि भारतसँग खेल्दा सामान्य लागेको बताए। पाकिस्तान विरुद्ध खेलेको अनुभवले भारत विरुद्ध खेल्दा सहज भएको उनको भनाई छ।

भुर्तेलले एशियाकप खेल्नु भन्दा पनि एशिया कपमा क्वालिफायर हुँदा आफूलाई धेरै खुसी लागेको बताए। भारतलाई टिभीमा हेरेर आफूहरुले क्रिकेट सिकेको उल्लेख गर्दै उनले एसिया कपबाट धेरै कुरा सिक्न मिलेको सुनाए।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले एसिया कपमा राम्रो अनुभव बटुल्न पाएको बताए। पाकिस्तानसँगकाे खेलमा साेचेजस्ताे प्रदर्शन हुन नसकेकाे भन्दै साेमपालले अर्काे पटक खेल्दा राम्राे नतिजाका लागि प्रयास गर्ने प्रण गरे।

फाउण्डेसनले बिहीबार नेपाल खेलकुद पत्रकार मञ्चमा एक कार्यक्रमबीच भारतविरुद्ध छक्का प्रहार गरेका कुशल भुर्तेल र सोमपाल कामीलाई सम्मान गरेको थियो। फाउण्डेसनले दुवै खेलाडीलाई जनही एक-एक लाख पनि प्रदान गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *