June 25, 2024

एजेन्सी – पेरिस सेन्ट-जर्मेनका अध्यक्ष नासेर अल-खेलाफीले पूर्व स्टार नेयमार र पूर्व खेलकुद निर्देशक लियोनार्डोको आलोचनाको घुमाउरो पारामा जवाफ दिएका छन्।

एक अन्तर्वार्ताका क्रममा अल-खेलाफीले पिएसजी पहिला भन्दा धेरै एकीकृत भएको उल्लेख गर्दै नेयमार गएपछि टोलीमा सकारात्मक माहोल बनेको संकेत गरेका हुन्। उनका अनुसार मैदान भित्र र मैदान बाहिर पिएसजी पहिला भन्दा धेरै एकीकृत देखिएको छ।

“केलियन एमबाप्पे एक अविश्वसनीय खेलाडी र उत्कृष्ट व्यक्ति हुन्। र पीएसजीको टोली पिचमा र बाहिर अहिले जति एकीकृत कहिल्यै भएको थिएन। हामीले यो सप्ताहन्तमा लियोनमा ४-१ को जितमा देख्यौं। हामीसँग उत्कृष्ट प्रशिक्षक [लुइस एनरिक] र खेल निर्देशक [लुइस क्याम्पोस] छन्। क्लबमा सकारात्मक उर्जाको नवीकरण भएको छ।”,अल-खेलाफीले भने।

केहि समय अगाडी ब्राजिलियन स्टार नेयमारले पिएसजीमा मेस्सी र आफूले कठीन अवस्थाबाट गुज्रनु पर्ने बताएका थिए भने पूर्व खेलकुद निर्देशक लियोनार्डोले पिएसजीमा ठूलो उपाधि जित्नको लागि आवश्यक माहोल नरहेको बताएका थिए। त्यसको जवाफ स्वरूप अल-खेलाफीले क्लबको माहोल अहिले धेरै ठीक भएको जवाफ फर्काए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *