June 14, 2024

काठमाडौँ – अर्ना बियरले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई शुक्रबार सम्मान गर्ने भएको छ। अर्ना बियरले बिहिबार सामाजिक संजाल मार्फत शुक्रबार एक कार्यक्रमका बीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई सम्मान गर्ने घोषणा गरेको हो।

एसिया कपमा पाकिस्तान र भारत विरुद्ध छक्का-चौका प्रहार गर्ने र विकेट लिने खेलाडीलाई नगद सहित सम्मान गर्ने घोषणा गरिएको भएपनि अब पूरा टोलीलाई नै सम्मान गर्ने आफूहरुले निर्णय गरेको अर्ना बियरले जनाएको छ।

नयाँ निर्णय अनुसार एसिया कपमा छक्का-चौका प्रहार गर्ने र विकेट लिने बाहेकका खेलाडीहरुलाई पनि सम्मानित गरिनेछ। यस अगाडी अर्नाले कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, गुलसन झा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीलाई नगर सहित सम्मान गर्ने घोषणा गरेको थियो।

अब यी ६ खेलाडी बाहेकका अन्य खेलाडीलाई पनि नगद ५० हजार सहित सहित सम्मान गर्ने अर्नाको निर्णय छ। टोलीको सफलताको मेरुदण्ड बनेका समर्पित सहयोगी कर्मचारीहरूलाई पनि नगद २५ हजार सहित सम्मान गर्ने अर्नाले जनाएको छ।

अर्नाका अनुसार सबै भन्दा धेरै नगद पुरस्कार सोमपालले पाउनेछन्। उनले ३ लेख २५ हजार पाउँदा कुशल २ लाख ७५ हजार पाउनेछन्। साथै अर्नाले पिरस्कार वाकतको ट्याक्स पनि आफैं तिरिदिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *