June 14, 2024

एजेन्सी – मेजर सकर लिग(एमएलएस)को खेलकुद उत्पादन र प्रतिस्पर्धाका उपाध्यक्ष नेल्सन रोड्रिग्वेजले अर्जेन्टिना स्टार लियोनेल मेस्सीको खुलेर प्रशंसा गरेका छन्। एक सम्मेलनका क्रममा रोड्रिग्वेजले मेस्सीको खुलेर प्रशंसा गरेका हुन्।

रोड्रिग्वेजले ओले खेलकुद शिखर सम्मेलनका क्रममा मेस्सीको आगमनले अमेरिकी फुटबलमा पारेको प्रभाव बारे जानकारी दिए। मेस्सीको आगमनको प्रभाव कल्पना गरिएको भन्दा धेरै माथि रहेको रोड्रिग्वेजको भनाई छ।

मेस्सीले इन्टर मियामी र एमएलएस रोजेकोमा आफूहरुलाई गर्व रहेको बताउन पनि रोड्रिग्वेजले छुटाएनन्। मेस्सीको प्रभाव १०, १५ र २० वर्ष सम्म रहने रोड्रिग्वेजको दावी छ।

“मेस्सीको आगमन भनेको अर्कै कुरा हो। व्यक्तिगत रूपमा, मैले मेरो टोलीका साथीहरूलाई मेस्सीले पार्ने प्रभावको कल्पना गर्न नसकिने बताएको थिएँ। हुन त त्यस्तै भयो। मेस्सीको आगमनले जे प्रभाव पारेको छ, त्यो मेरो कल्पना भन्दा बाहिरको कुरा हो। नम्बरहरु अविश्वसनीय छन्। उनको प्रभाव १०, १५ र २० वर्ष सम्म रहनेछ। मेस्सीको प्रभाव अद्वितीय छ। उनले इन्टर मियामी र एमएलएस रोजेकोमा मलाई गर्व छ।”,रोड्रिग्वेजले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *