June 22, 2024

एजेन्सी – सन् २०२४ मा हुने युरो कपका लागि छनोट प्रतियोगिता सुरु भइसकेको छ। सन् २०१६ को युरो कप विजेता पोर्चुगलले युरो छनोट अन्तर्गत स्लोभाकियाको सामना गर्दैछ।

सन् २०२४ को युरो जित्ने अभियान सहित एक्सनमा उत्रन लागेको पोर्चुगलले युरो छनोटको खेलमा आज राति स्लोभाकियाको सामना गर्न लागेको हो। खेल स्लोभाकियामा रहेको तेहेल्ने पोल स्टेडियममा हुनेछ।

स्लोभाकिया विरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डो र पोर्चुगल पक्कै पनि सानदार प्रदर्शन गर्दै जित निकालेर युरो छनोटको सुखद सुरुवात गर्ने पक्षमा हुनेछन्। यस अगाडी पोर्चगल र स्लोभाकिया बीच सन् २००५ मा भेट भएको थियो।

त्यसबेला एक खेलमा पोर्चुगल विजयी भएको थियो भने एक खेल बराबरीमा टुंगिएको थियो। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सेलेकाओका लागि आफ्नो २०१ औं क्याप जित्ने लाइनमा हुनेछन्।

पोर्चुगल र स्लोभाकिया बीचको खेल नेपाली समय अनुसार रातको १२ बजेर ३० मिनेटमा सुरु हुनेछ। यो खेल भारतीय च्यानलमा हेर्न सकिनेछ। र सो च्यानल सोनी स्पोर्ट्स नेटवर्कले प्रशारण गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *