June 25, 2024

एजेन्सी – विश्वकप विजेता अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले नयाँ रेकर्ड बनाएका छन्। दक्षिण अमेरिकी विश्वकप छनोटका क्रममा मेस्सीले एक महत्वपूर्ण रेकर्डसंग बराबरी गरेका हुन्।

शुक्रबार बिहान अर्जेन्टिनाले विश्वकप छनोटको पहिलो खेलमा इक्वेडर विरुद्ध मेस्सीले सानदार फ्री किक गोल गरे। खेलको ७८ औं मिनेटमा अर्जेन्टिनाले फ्री किकको अवसर प्राप्त गर्दा मेस्सी फ्री किकलाई गोलमा परिणत गर्न सफल भए।

उनले प्रहार गरेको फ्री किक इक्वेडरको वाल नाघेर माथिल्लो बायाँ कुनाबाट गोलपोस्ट प्रवेश गर्यो। मेस्सीले गरेको प्रहारलाई इक्वेडरका गोलरक्षकले रोक्ने कुनै मौका नै पाएनन्। यस गोलसंगै मेस्सीले विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्डमा उरुग्वेका लुइस सुआरेजसंग बराबरी गरेका छन्।

दक्षिण अमेरिकी विश्वकप छनोटमा मेस्सी र सुआरेज दुवैको समान २९ गोल छ। अहिलेलाई सो रेकर्डसंग बराबरी गरेपनि मेस्सीसंग सो रेकर्ड तोड्ने अवसर हुनेछ। मेस्सी र अर्जेन्टिना पुनः आउने साता एक्सनमा हुनेछन्।

आउने साता अर्जेन्टिनाले विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा बोलिभिया विरुद्ध खेल्नेछ। अर्जेन्टिनी टोली अब छिट्टै बोलिभिया तर्फ लाग्नेछ। उक्त खेल सुआरेजसंगको संयुक्त रेकर्ड एकलौटी गर्ने अवसर हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *