June 14, 2024

एजेन्सी – युरो कप चनोटमा पोर्चुगलले लगातार जित निकाल्न सफल भएको छ। शुक्रबार राति स्लोभाकियालाई पराजित गरेसंगै पोर्चुगलले युरो छनोटमा लगातार पाँचौं जित निकाल्न सफल भएको हो।

शुक्रबार राति पोर्चुगलले स्लोभाकियालाई १-० को गोल अन्तरले पराजित गर्यो। पोर्चुगलको जितमा म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले निर्णायक गोल गरे। जन्मदिनमा गोल गर्दै फर्नान्डेजले पोर्चुगलको जित पक्का गरेका हुन्।

शुक्रबार २९ वर्ष पुगेका फर्नान्डेजले पहिलो हाफको अन्त्यतिर फर्नान्डेजले निर्णायक गोल गरे। खेलको ४३ औं मिनेटमा बर्नार्डो सिल्भाको पासमा फर्नान्डेजले गोल गरेका हुन्।

त्यसपछि कुनै पनि टोलीको तर्फबाट गोल हुन सकेन। पोर्चुगलले खेलभर बलमा कुल ५७ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर पोर्चुगलले कुल १२ प्रहार गरेको थियो भने त्यसमध्ये ७ प्रहार टार्गेटमा थिए।

स्लोभाकियाले खेलभर १० प्रहार गर्दा कुनै पनि गोल गर्न सकेन। यस जितसंगै पोर्चुगलले समुह ‘जे’को शिर्ष स्थानमा पकड बलियो बनाएको छ। पोर्चुगलले ५ खेलबाट १५ अंक जोड्दा स्लोभाकिया १० अंक जोडेर दोस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *