June 16, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले युरोकप छनोटको आगामी खेल गुमाउने भएका छन्। युरोकप छनोटको पाँचौ खेलमा पहेलो कार्ड पाएसँगै रोनाल्डोले छैठौं खेल गुमाउने भएका हुन्।

युरो छानोटको पाँचौँ खेलमा पोचुगलले शुक्रबार राति स्लोभाकियाको सामना गर्यो। सो खेलको ६२ औं मिनेटमा रोनाल्डोले पहेंलो कार्ड बेहोरे। निरन्तर दुई खेलमा पहेंलो कार्ड बेहोरेका कारण रोनाल्डोले युरो छानोटको छैठौं खेल गुमाउने भएका हुन्।

पोर्चुगलले सेप्टेम्बर १२ मा लक्जेम्बर्गको सामना गदैछ। तर रोनाल्डो सो खेलका लागि अब उपलब्ध हने छैनन्। पोर्चुगलले रोनाल्डो बिना नै युरो कप छनोटको छैठौं खेल खेल्न पर्नेछ।

शुक्रबार राति पोर्चुगलले स्लोभाकिया विरुद्धको खेलमा जित निकालेको थियो। पोर्चुगलका लागि एक मात्र निर्णायक गोल ब्रुनो फर्नान्डेजले गरे। खेलको ४३ औं मिनेटमा उनले गरेको गोल निर्णायक भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *