June 17, 2024

एजेन्सी – युरो कप छनोटको तेस्रो खेलमा स्पेनले सानदार जित निकालेको छ। शुक्रबार राति भएको खेलमा स्पेन जर्जिया माथि गोलवर्षा गर्दै सानदार जित निकाल्न सफल भएको हो।

शुक्रबार राति स्पेनले जर्जिया विरुद्ध ७-१ को जित निकाल्यो। स्पेनको जितमा ४ खेलाडीले गोल गरे। स्पेनका अल्भारो मोराटाले ह्याट्रिक पूरा गर्दा एक गोल स्पेनले उपहारमा पाएको थियो।

स्पेनले पहिलो हाफमै ४-० को अग्रता लिन सफल भएको थियो भने दोस्रो हाफमा दुई गोल थपिए। स्पेनको जितमा ड्यानी ओल्मो, लमिन यामाल र निको विलियम्सले पनि गोल गरेका थिए। सोलोमोन कभिरकभेलियाको आत्मघाती गोल गर्दा जर्जियाका लागि एक मात्र गोल जियोर्जीले गरेका थिए।

यस जितसंगै स्पेन युरो छनोटको समूह ‘ए’को दोस्रो स्थानमा उक्लिएको छ। स्पेनले युरो छनोटका ३ खेल मद्ये २ खेलमा जित र एक खेलमा हार सहित ६ अंक बनाएको छ। पराजित जर्जिया ४ खेलबाट ४ अंक जोडेर चौंथो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *