June 17, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमारले फुटबल लेजेण्ड पेलेलाई पछि पारेका छन्। विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा गोल गरेसंगै नेयमारले फुटबल लेजेण्ड पेलेलाई पछि पारेका हुन्।

शनिबार बिहान ब्राजिलले दक्षिण अमेरिकाको विश्वकप छनोटमा बोलिभियाको सामना गर्यो। सो खेलमा ब्राजिल ५-१ को गोल अन्तरले विजयी भयो। खेलको सुरुवातमै पेनाल्टी मिस गरेपछि नेयमारले पछि दुई गोल गरे।

नेयमारले ६१ औं र ९० मिनेट पछि थप भएको तेस्रो मिनेटमा गोल गर्न सफल भएका हुन्। ६१ औं मिनेटमा गोल गरेसंगै नेयमारले पेलेलाई पछि पारे र ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने।

ब्राजिलको राष्ट्रिय टोलीका लागि ७७ गोल गरेका पेलेलाई नेयमारले अब २ गोलले पछि पारेका छन्। नेयमार अब ब्राजिलको राष्ट्रिय टोलीक शिर्ष गोलकर्ताको रुपमा रहनेछन्।

क्लब फुटबलको कुरा गर्ने हो भने नेयमार केहि समय अगाडी मात्र साउदी क्लब अल हिलाल आवद्ध भएका थिए। आफ्नो नयाँ क्लबका लागि उनले डेब्यू गर्न बाँकि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *