June 16, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले शुक्रबार राति आफ्नो राष्ट्रिय टोलीसंग स्लोभाकियाको सामना गरे। युरो छनोट अन्तर्गतको खेलमा रोनाल्डो र पोर्चुगलले स्लोभाकियाको सामना गरेको हो।

स्लोभाकिया विरुद्ध रोनाल्डो भाग्यमानी ठहरिए। किन भने रोनाल्डो रेड कार्डबाट बचे। खेलको दोस्रो हाफमा स्लोभाकियाका गोलरक्षक मार्टिन डुब्राभकालाई गरेको फलका लागि रोनाल्डोले पहेंलो कार्ड मात्र पाए।

खेलको ६२ औं मिनेटमा रोनाल्डोले मार्टिन डुब्राभकालाई फल गर्न पुगेका थिए। खेलको दोश्रो हाफमा बल प्रहार गर्नेक्रममा स्लोभाकियाका गोलरक्षकको मुखमा रोनाल्डोको खुट्टा बजारिएको थियो।

रोनाल्डोको खुट्टा गोलरक्षकको छातीबाट चिप्लिएर गोलरक्षकको मुखमा पुगेको देखिएपछि भिएआरले रोनाल्डोलाई दिइएको पहेंलो कार्ड यथावत राख्यो र रेडकार्ड नदिने निर्णय गर्यो।

यसरी रोनाल्डो रेड कार्डबाट जोगिन पुगे। रोनाल्डोले यस अगाडी आइसल्याण्ड विरुद्धको खेलमा पनि पहेंलो कार्ड बेहोरेका थिए। लगातार दुई खेलमा पहेंलो कार्ड बेहोरेका कारण अब उनले आगामी खेल खेल्न पाउने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *