June 16, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमारले आफू फुटबल लेजेण्ड पेले भन्दा राम्रो खेलाडी नरहेको बताएका छन्। विश्वकप छनोटमा बोलिभिया विरुद्ध दुई गोल गर्दै ब्राजिलका लागि सर्वाधिक गोलकर्ता बनेपछि नेयमारले आफू पेले भन्दा राम्रो खेलाडी नरहेको बताएका हुन्।

शनिबार बिहान ब्राजिलले दक्षिण अमेरिकाको विश्वकप छनोटमा बोलिभियाको सामना गर्यो। सो खेलमा ब्राजिल ५-१ को गोल अन्तरले विजयी भयो। खेलको सुरुवातमै पेनाल्टी मिस गरेपछि नेयमारले पछि दुई गोल गरे।

नेयमारले ६१ औं र ९० मिनेट पछि थप भएको तेस्रो मिनेटमा गोल गर्न सफल भएका हुन्। ६१ औं मिनेटमा गोल गरेसंगै नेयमारले पेलेलाई पछि पारे र ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने।

खेलपश्चात पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा नेयमारले पेलेको किर्तिमान तोड्ने कल्पना आफूले कहिल्यै नगरेको सुनाए। सधैं आफू आफ्नो कथा बनाउन प्रेरित हुने गरेको नेयमारको भनाई छ।

नेयमारले भने,”मैले यो कीर्तिमानमा पुग्ने कहिल्यै कल्पना गरेको थिइनँ। म भन्न चाहन्छु कि म पेले भन्दा राम्रो खेलाडी होइन। म सधैं आफ्नो कथा बनाउन चाहन्छु, ब्राजिल फुटबल र राष्ट्रिय टोलीको इतिहासमा आफ्नो नाम लेख्न चाहन्छु। मैले आज त्यहि गरें।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *