June 25, 2024

एजेन्सी – प्रिमियर जित्ने अभियानमा रहेको आर्सनललाई नयाँ झड्का लागेको छ। गत सिजन प्रिमियर लिग उपाधि नजिक पुगेर यस पटक पनि प्रिमियर लिग उपाधिका लागि टक्कर दिने योजनामा रहेको आर्सनललाई नयाँ झड्का लागेको हो।

क्लबका महत्वपूर्ण खेलाडी इन्टरनेसनल ड्यूटीका क्रममा घाइते हुने पुगेका छन्। घाइते हुनेमा डिफेन्डर गेब्रियल म्यागाल्हेस रहेका छन्। विश्वकप छनोटको ब्राजिल र बोलिभिया विरुद्धको खेलमा उनी घाइते भएका हुन्।

गनर्सहरूले पहिले नै डिफेन्समा चोटको सामना गरिरहेको छ। ज्युरियन टिम्बर चोटका कारण लामो समयका लागि मैदान बाहिर भइसकेका छन्। यस्तोमा आर्सनलले अर्को चोटलाई बहन गर्न सक्ने अवस्था छैन।

म्यागाल्हेस २०२२ मा गनर्समा सामेल भएका थिए र क्लबका लागि हालसम्म १२२ खेल खेलिसकेका छन्। डिफेन्डरले यो सिजन अहिलेसम्म चार खेल खेलिसकेका छन्। यदि उनी लामो समय मैदान बाहिर रहन्छन् भने आर्सनलका लागि ठूलो समस्या बन्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *