June 25, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेको विकल्पको रुपमा म्यानचेस्टर सिटीका युवा स्टारलाई नियालिरहेको छ। स्पेनबाट प्रकाशित हुने एक पत्रिकाका अनुसार रियलले एम्बाप्पेको विकल्पको रुपमा सिटीका अर्जेन्टिनी स्टार जुलियन अल्भारेजलाई पहिचाल गरेको हो।

एम्बाप्पेले केहि गरी पेरिस सेन्ट जर्मेन(पिएसजी)संगको सम्झौता थप गरेको खण्डमा रियलले सन् २०२४ मा अल्भारेजलाई भित्र्याउन प्रयास गर्ने योजना बनाएको स्पेनिस पत्रिका फिचाजेसले जनाएको छ।

अल्भारेज अर्जेन्टिना र सिटीका लागि निरन्तर उच्च प्रदर्शन गरिरहेका छन्। विश्वकपमा उच्च प्रदर्शन गरेका उनी सिटीका लागि पनि महत्वपूर्ण सावित भएका छन्। अल्भारेज जारी सिजनका सिटीका हरेक खेलमा सुरुवाती ११ मा परेका छन्।

सिटीका लागि उनले यस सिजन ४ खेलमा दुई गोल गरेका छन् भने एक असिस्ट पनि दिएका छन्। गत सिजन उनले सिटीका लागि सबै प्रतियोगिताका १७ गोल गरेका थिए।

उता एम्बाप्पेले पिएसजीसंगको सम्झौता थप नगर्ने स्पष्ट पारिसकेको भएपनि पिएसजीले फकाउने प्रयास जारी नै राखेको छ। पिएसजीले एम्बाप्पेलाई कम्तीमा एक वर्ष सम्झौता थप गराउन प्रयास गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *