June 25, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली युवा स्टार एर्लिङ हालाण्डले आफ्ना पूर्व सहकर्मी जुड बेलिङ्घमको सफलता देखेर आफू खुशी रहेको बताएका छन्। एक कुराकानीका क्रममा हालाण्डले बेलिङ्घमका लागि आफू खुशी रहेको बताएका हुन्।

फ्रेन्च पत्रिका ले इक्विपसंगको कुराकानीका क्रममा हालाण्डले बेलिङ्घमको रियल म्याड्रिड डेब्यू आफूले हेरेको बताए। बेलिङ्घमको डेब्यू देखेर आफू धेरै खुशी भएको उनको भनाई छ।

“वास्तवमा मैले रियल म्याड्रिडमा जुडेको अविश्वसनीय डेब्यू हेरें। यसले मलाई उनको लागि धेरै खुशी बनायो।”,रियलका लागि खेलिरहेका बेलिङ्घमको बारेमा प्रश्न गरिँदा हालाण्डले भने।

हालाण्ड र बेलिङ्घमको जोडीले डर्टमुन्डका लागि केहि सिजन संगै खेलेका थिए। दुईले ६३ पटक सँगै खेलेका थिए। अहिले दुवैले जर्मन क्लब छाडिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *