June 17, 2024

एजेन्सी- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) जसरी हुन्छ फ्रेन्च स्टार किलियन एम्बाप्पेको सम्झौता थप गराउन चाहन्छ। सन् २०२४ को समरमा क्लब र एम्बाप्पे बीचको सम्झौता सकिने हुँदा पिएसजीलाई हुन सम्म तनाव भएको छ।

पिएसजीले निरन्तर एम्बाप्पेलाई सम्झौता थप गर्न आग्रह गरिरहेको छ। एम्बाप्पेलाई क्लबमा टिकाउन पिएसजी जुन सुकै कदम चाल्न तयार रहेको बताइन्छ। यसैबीच एक स्पेनिस पत्रिकामा आएको एक खबरलाई मान्ने हो भने पिएसजी एम्बाप्पेलाई उच्च पारिश्रमिक दिन तयार छ।

एम्बाप्पेलाई प्रतिसिजन २ सय मिलियन युरो पारिश्रमिक दिने पिएसजी तयार रहेको स्पेनिस पत्रिका डिफेन्सा सेन्ट्रलले जनाएको छ। पिएसजीसंग ५ वर्षको सम्झौता गरे पिएसजी एम्बाप्पेलाई साउदी प्रो लिगले क्रिस्टियानो रोनाल्डोलाई दिरहेको आसपास पारिश्रमिक दिन तयार रहेको बताइएको छ।

एमबाप्पेको हालको सम्झौता सिजनको अन्त्यमा सकिँदैछ र उनी फ्री एजेन्ट बन्न तयार छन्। उनले यस गर्मीको सुरुमा लिग १ क्लबमा आफ्नो सम्झौता नवीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *