June 16, 2024

एजेन्सी – युरो छनोटको छैठौं खेलमा आज राति पोर्चुगलले लक्जेम्बर्गको सामना गर्दैछ। युरो छानोटको समूह चरणमा निरन्तर जित निकालिरहेको पोर्चुगलले लक्जेम्बर्गको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार रातको १२ बजेर ३० मिनेटमा सुरु हुनेछ।

पोर्चुगलले युरो छनोटका ५ खेल मद्ये पाँचै खेलमा जित निकालेको छ। पोर्चुगल १५ अंक सहित समूह “जे”को शिर्ष स्थानमा छ। पोर्चुगल पक्कै पनि लक्जेम्बर्ग विरुद्ध पनि जित निकाल्ने दाउमा हुनेछ।

पोर्चुगल र लक्जेम्बर्ग बीच अहिले सम्म १३ पटक भेट भएको छ। त्यसमद्ये कुनै पनि खेलमा पोर्चुगलले पराजय भोगेको छैन, सबै खेलमा पोर्चुगल विजयी भएको छ।

खेल्ने छैनन् रोनाल्डो

लक्जेम्बर्ग विरुद्धको खेलमा आज रोनाल्डोले खेल्न पाउने छैनन्। युरो छनोटका लगातार दुई खेलमा पहेंलो कार्ड बेहोरेका कारण रोनाल्डोले लक्जेम्बर्ग विरुद्धको खेल गुमाउने भएका हुन्।

रोनाल्डोले पोर्चुगलबाट सबै भन्दा बढी कुनै राष्ट्र विरुद्ध गोल गरेका छन् भने त्यो लक्जेम्बर्ग हो। रोनाल्डोले लक्जेम्बर्ग विरुद्ध ११ खेलमा ११ नै गोल गरेका छन्। तर लक्जेम्बर्ग विरुद्ध आज भने उनी खेल्न पाउने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *