June 22, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी विश्वकप छनोट अन्तर्गत बोलिभिया विरुद्धको खेलका लागि अर्जेन्टिनाको टोली सँगै हुनेछन्। तर बोलिभिया विरुद्ध उनी खेल्ने-नखेल्ने भने स्पष्ट छैन। बोलिभिया विरुद्धको खेलमा उनी बेन्चबाट मैदान प्रवेश गरे भने अचम्म मान्नुपर्ने छैन।

बोलिभिया विरुद्धको खेल अगाडी पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले इक्वेडर विरुद्धको खेलमा थकित भएपछि प्रतिस्थापन गरिएको बताए।

“लियो त्यसदिन थकित थिए र प्रतिस्थापनको लागि आग्रह गरे। तर यो आवश्यक छैन कि हामीले खेल अघि उनीसंग कुरा गर्नु पर्छ। जे हुन्छ हेरौंला।”,स्कालोनीले पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा भने।

बोलिभिया विरुद्धको खेल अगाडी मात्रै मेस्सी खेल्ने नखेल्ने निर्णय गर्ने स्कालोनीले बताए। बोलिभिया विरुद्ध इक्वेडर विरुद्धको जस्तै टोली उतार्ने आफ्नो योजना रहेको पनि स्कालोनीले सुनाए।

स्कालोनीले भने,”मेस्सी हामीसँगै बोलिभिया जान्छन्। उनले छुट्टै प्रशिक्षण गरे। खेलका लागि अझै २ दिन छ। हेरौं के हुन्छ। मेस्सीले खेल्ने कि नखेल्ने निर्णय हामी भोलि गर्छौं। टोली इक्वेडरसँग खेलेको जस्तै हुनेछ।”

विश्वकप छनोटको पहिलो खेलमा अर्जेन्टिनाले इक्वेडरसंग जित निकालेको थियो। सो खेलमा मेस्सीले गोल गरेका थिए र उनको गोल निर्णायक बनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *