June 16, 2024

एजेन्सी – बार्सिलोनाका पोलिस स्टार रोबर्ट लेवान्डोस्की र म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डी ब्रुएनाले साउदी अरबबाट आएको प्रस्तावलाई अस्विकार गरेको थाहा हुन आएको छ।

चर्चित ट्रान्सफर मार्केट गुरु फाब्रिजियोले रोबर्ट लेवान्डोस्की र डी ब्रुएनालाई साउदीले भित्र्याउन प्रयास गरेको भएपनि दुवैले प्रस्ताव अस्विकार गरेको खुलासा गरेका हुन्।

रोमानोका अनुसार दुवै खेलाडीले लेवान्डोस्की दुबैले क्रमशः म्यानचेस्टर सिटी र बार्सिलोनामा बस्ने पक्षमा साउदी अरेबियाबाट आएको प्रस्ताव अस्वीकार गरे। रियल म्याड्रिडका डेभिड अलाबालाई पनि साउदीबाट प्रस्ताव आएको रोमानोको भनाई छ।

डेभिड अलाबाले पनि साउदीको प्रस्ताव अस्विकार गरेको बताइएको छ। साउदी प्रो लिग क्लबहरुले समर ट्रान्सफर विन्डोमा खुलेर खर्च गरे। साउदी क्लबहरु करिम बेन्जेमा, नेयमार, फाबिन्हो जस्ता धेरै दिग्गज खेलाडीहरुलाई भित्र्याउन पनि सफल भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *