June 16, 2024

एजेन्सी – स्लोभाकियाका गोलरक्षक मार्टिन डुब्राभकाले युरो छनोटमा पोर्चुगल विरुद्धको खेलका क्रममा क्रिस्टियानो रोनाल्डोको बुट आफ्नो मुखमा बजारिए पनि त्यसमा रोनाल्डोको कुनै दोष नरहेको बताएका छन्।

पत्रकारहरुसंग रोनाल्डोको खुट्टाले आफूलाई लागेको विषयमा कुराकानी गर्दै डुब्राभकाले रोनाल्डोको कुनै दोष नरहेको बताएका हुन्। फुटबलमा यस्ता घटनाहरु हुने गरेको र त्यसलाई आफूले खेलकुदको एक हिस्साको रुपमा हरेको डुब्राभकाको भनाई छ।

रोनाल्डो आफूसंग ठोक्किन आइरहेको देख्दा मुखमा नलागोस् भनेर आफूले कामना गरेको डुब्राभकाले सुनाए। रोनाल्डो स्ट्राइकर रहेको र स्ट्राइकरको धर्मलाई आफूले बुझेको बताउन उनले छुटाएनन्।

“रोनाल्डोको खुट्टाले मेरो मुखमा नलागोस् भन्ने मेरो कामना थियो। मैले आँखा बन्द गरेर मुख जोगाउने प्रयास गरें। म रोनाल्डोलाई दोष दिन्न। स्ट्राइकरको काम नै बलको पछि जाने हो। यो फुटबल हो। फुटबलमा यस्तो हुन्छ। उनको मलाई ठीक छ नि भनेर सोधे।”,डुब्राभकाले भने।

डुब्राभका माथिको सो फलका लागि रोनाल्डोलाई रेफ्रीले पहेंलो कार्ड देखाएका थिए। लगातार दुई खेलमा पहेंलो कार्ड बेहोरेपछि रोनाल्डोले एक खेल गुमाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *