June 22, 2024

एजेन्सी – केहि खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने साउदी अरेबियाले आगामी सिजन स्पेनिस महारथी रियल म्याड्रिडका दुई स्टारलाई टार्गेट बनाउने योजना बनाएको छ।

साउदीले आगामी सिजनमा रियलका लुका मोड्रिच र डेभिड अलाबालाई टार्गेट बनाउने योजना बनाएको दावी स्पेनिस मिडिया sport3 ले गरेको हो। यसपालि पनि साउदीले दुवै खेलाडीलाई भित्र्याउन प्रयास गरेको र सो प्रयास असफल भएको बताइएको छ।

यस पटक सम्भव नभएपनि आगामी समर ट्रान्सफर विन्डोमा दुवै खेलाडीलाई भित्र्याउने योजना साउदी क्लबहरुको रहेको छ। ३८ वर्षीय मोड्रिचले केहि समय अगाडी मात्रै रियलसंगको सम्झौता एक वर्ष थप गरेका थिए।

साउदीबाट आकर्षक प्रस्तावलाई रिजेक्ट गर्दै उनले रियलसंगको सम्झौता थप गरेका हुन्। दिग्गज मिडफिल्डर लस ब्लान्कोसमा एक दशक भन्दा लामो समय देखि छन्। उनले रियलका लागि ४ सय ९२ खेल खेल्दा ३७ गोल गर्दै ७७ असिस्ट दिएका छन्। उनले रियलसंग पाँच यूईएफए च्याम्पियन्स लिग, तीन ला लिगा उपाधि र बालोन डी’ओर जितेका छन्।

त्यस्तै अलाबा भने सन् २०२१ देखि रियलमा छन्। सन् २०२१-२२ को सिजनमा रियलले च्याम्पियन्स लिग र लालिगा जित्दा उनी रियलको महत्वपूर्ण खेलाडी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *