June 16, 2024

एजेन्सी – युरो कप छनोट अन्तर्गत लक्जेम्बर्ग विरुद्धको खेलका लागि आज राति पोर्चुगल एक्सनमा उत्रँदैछ। युरो कप छानोटको छैठौं चरणको खेलका लागि पोर्चुगल आज राति एक्सनमा उत्रन लागेको हो।

पोर्चुगल समूह चरणको खेलमा अपराजित छ। पोर्चुगलले समूहका सबै टोलीलाई पराजित गर्दै १५ अंक बटुलेर समूहको शिर्ष स्थानमा कब्जा जमाएको छ। आज राति पनि पोर्चुगल जित निकाल्ने दाउमा हुनेछ।

लक्जेम्बर्ग विरुद्धको पछिल्लो खेलमा पोर्चुगलले गोलवर्षा गरेको थियो। पोर्चुगल ६-० को विजयी हुँदा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए। तर आज भने रोनाल्डो खेल्न पाउने छैनन्।

युरो छनोटका दुई खेलमा लगातार पहेंलो कार्ड बेहोरेका कारण रोनाल्डोले खेल्न नपाउने भएका हुन्। आज रोनाल्डोको स्थानमा यसै समर ट्रान्सफर विन्डोमा पिएसजी सामेल भएका गोन्कालो रामोसले मौका पाउनेछन्।

पोर्चुगल र लक्जेम्बर्ग बीचको खेल एल्गार्वे स्टेडियम पोर्चुगलमा हुनेछ। खेल नेपाली समय अनुसार रातको १२ बजेर ३० मिनेटमा सुरु हुनेछ। खेल भारतीय च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *