June 16, 2024

एजेन्सी – पोल्याण्ड युरो कप छनोटको समूह चरण बाटै बाहिरिने सम्भावना बढेको छ। समूह चरणको पाँचौ खेलमा स्तब्द भएसंगै पोल्याण्ड समूह चरणबाटै बाहिरिने अवस्थामा पुगेको हो।

पोल्याण्ड अहिले समूह ‘इ’को चौंथो स्थानमा रहेको छ। समूह चरणका पाँच खेल खेल्दा पोल्याण्डले २ खेलमा मात्र जित निकालेको छ। बाँकि तीन खेलमा भने पोल्याण्ड पराजित भएको छ।

पोल्याण्ड तेस्रो स्थानको मोल्डोभा र दोस्रो स्थानको चेक रिपब्लिक भन्दा २ अंकले पछाडी छ। त्यस्तै शिर्ष स्थानको अल्बानिया भन्दा ४ अंकले पछाडी छ। पोल्याण्ड आइतबार अल्बानियासंग पराजित भएको थियो।

सो पराजयसंगै पोल्याण्डको युरो खेल्ने सपना धरापमा परेको छ। युरो कपमा सहभागी हुने हो भने पोल्याण्डले समूह चरणमा बाँकी ५ खेलमा सक्दो बढी जित निकाल्दै शिर्ष दुईमा अटाउनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *