June 14, 2024

एजेन्सी – युरो कपको छनोटमा पोर्चुगलले सानदार जित निकालेको छ। सोमबार राति पोर्चुगलले युरो छनोटको छैठौं खेलमा लक्जेमबर्ग विरुद्ध गोलवर्षा गर्दै सानदार जित दर्ता गरेको हो।

पोर्चुगलको इस्ताडियो अलगार्भेमा भएको खेलमा पोर्चुगलले लक्जमबर्गलाई ९-० को गोल अन्तरले पराजित गर्यो। क्रिस्टियानो रोनाल्डो निलम्बित भएपछि उनी बिना मैदानमा उत्रँदा पनि पोर्चुगलले गोलको वर्षा गर्यो।

यस खेलमा क्रिस्टियानो रोनाल्डो खेलेका थिएनन्। रोनाल्डोले लगातार दुई खेलमा पहेलो कार्ड बेहोरेका कारण उनी यस खेलका लागि निलम्बित थिए। रोनाल्डो नभएपनि पोर्चुगलले उत्कृष्ट खेल्यो।

लक्जमबर्ग विरुद्ध पोर्चुगलले पहिलो हाफमा चार तथा दोस्रो हाफमा पाँच गोल गरेको थियो। गोन्कालो रामोस, डिफेन्डर गोन्कालो इनासियो र डिएगो जोटाले दुई-दुई गोल गर्दा जोअ‍ाअ‍ो फेलिक्स, डिएगो होर्टा र ब्रुनो फर्नान्डेजले समान एक-एक गोल गरेका थिए।

लक्जमबर्ग विरुद्ध जित निकालेसंगै पोर्चुगल युरो कपका लागि छनोट हुने संघारम पुगेको छ। समूह चरणका ६ मद्ये ६ खेल नै जितेको पोर्चुगल १८ अंक सहित समूह ‘जे’को शिर्ष स्थानमा छ। पराजित लक्जमबर्ग ३ जित एक बराबरी र दुई हार सहित १० अंक बनाएर तेस्रो स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *