June 25, 2024

एजेन्सी – युरो कप छनोट अन्तर्गत लक्जेम्बर्ग विरुद्धको खेलमा सहभागी हुन नसकेपनि क्रिस्टियानो रोनाल्डो महत्वपूर्ण रेकर्डको धेरै नजिक पुगेका हुन्। युरो कप छनोटको छैठौं खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ९-० को गोल अन्तरले पराजित गरेसंगै रोनाल्डो महत्वपूर्ण रेकड नजिक पुगेका हुन्।

सोमबार राति पोर्चुगलले लक्जेम्बर्ग विरुद्ध गोल वर्षा गर्दै जित निकाल्यो। तर सो खेलमा रोनाल्डो भने थिएनन्। युरो छनोटका दुई खेलमा लगातार पहेंलो कार्ड बेहोरेका कारण रोनाल्डोले लक्जेम्बर्ग विरुद्ध खेल्न पाएनन्।

लक्जमबर्ग विरुद्ध जित निकालेसंगै पोर्चुगल युरो कपका लागि छनोट हुने संघारमा पुगेको छ। समूह चरणका ६ मद्ये ६ खेल नै जितेको पोर्चुगल १८ अंक सहित समूह ‘जे’को शिर्ष स्थानमा छ। पोर्चुगलले समूहका सबै टोलीलाई पराजित गरिसकेको छ।

दोस्रो स्थानको स्लोभाकिया भन्दा ५ अंक र तेस्रो स्थानको लक्जमबर्ग भन्दा ८ अंकले अगाडी रहेको छ। युरो कपमा छनोट हुन अब पोर्चुगललाई मात्र ४ अंक भएपुग्छ। स्लोभाकिया र लक्जमबर्ग आगामी खेलमा पराजित भएको खण्डमा पोर्चुगललाई ४ भन्दा कम अंक भएपनि पुग्नेछ।

पोर्चुगल युरो कपका लागि छनोट हुने बितिकै रोनाल्डो ईएफए युरो प्रतियोगिताका लागि ६ पटक छनोट हुने खेलाडी बन्नेछन्। यससंगै उनी फुटबल इतिहासमै सबै भन्दा बढी युरो कप का लागि छनोट हुने खेलाडीको रुपमा रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *