June 16, 2024

एजेन्सी – विश्वविजेता अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले लियोनेल मेस्सीको खुलेर प्रशंसा गरेका छन्। चोटका बाबजुत विश्वकप छनोट अन्तर्गतको खेलका लागि बोलिभिया पुगेका मेस्सीको मार्टिनेजले प्रशंसा गरेका हुन्।

बोलिभिया विरुद्धको खेल पश्चात कुराकानी गर्नेक्रममा मार्टिनेजले घर जान सक्ने सुविधाका बाबजुत मेस्सी अर्जेन्टिनाको हौसला बढाउन टोलीसँगै बोलिभिया पुगेको भन्दा मेस्सीको प्रशंसा गरे।

“यो भोग हो, अर्जेन्टिनी टोली प्रतिको माया हो। मेस्सी घर जान पनि सक्थे, तर साथ दिन हामीसंगै आए। यसमा गर्व गर्छ कि उनले महसुस गरिरहेका छन्, माया गरिरहेका छन्, र हामीलाई साथ साथ दिरहेका छन्।”,मार्टिनेजले भने।

विश्वकप छनोटको पहिलो खेलमा इक्वेडरविरुद्ध खेल्दै मेस्सीले निर्णायक गोल गरेका थिए। तर थकानका कारण उनले खेलको ८९ औं मिनेटमा मैदान छाडेका थिए। निरन्तर खेलिरहेका कारण बोलिभिया विरुद्धको खेलमा मेस्सीलाई आराम दिइएको थियो।

मियामी फर्कनुको सट्टा मेस्सी बोलिभिया पुगेका थिए। त्यहाँ उनले अर्जेन्टिनाको जित नजिकबाट हेरे। बोलिभिया विरुद्धको खेलमा मेस्सी नभएपनि अर्जेन्टिनाले ३-० को सानदार जित दर्ता गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *