June 25, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमारले अन्ततः साउदी प्रो लिगमा डेब्यू गर्ने भएका छन्। समर ट्रान्सफर विन्डोमा पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट अल हिलाल पुगेका नेयमारले शुक्रबार साउदी प्रो लिग डेब्यू गर्ने भएका हुन्।

शुक्रबार नेयमार आवद्ध अल हिलालले अल रियादको सामना गर्दैछ। साउदी प्रो लिगको शिर्ष स्थानमा रहेको अल हिलालले सिजनको छैठौं खेलको रुपमा रियाद विरुद्ध खेल्नेछ।

रियाद विरुद्धको खेलमा नेयमारले डेब्यू गर्ने उच्च सम्भावना रहेको छ। अल हिलाल पुग्दा समान्य चोट बोकेर पुगेका कारण उनले अल हिलालका लागि खेल्न पाएका थिएनन्। तर उनी ठीक भइसकेका छन् र उनले ब्राजिलका लागि विश्वकप छनोटमा खेलेका थिए।

ब्राजिलसंग खेलिसकेका कारण नेयमारले अल रियाद विरुद्ध खेल्न सक्नेछन्। अल हिलालले सिजनका ५ खेल खेल्दा ४ खेलमा जित निकालेको छ। एक बराबरी सहित १५ अंक बनाएर हिलाल शिर्ष स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *