June 17, 2024

एजेन्सी – एसियन च्याम्पियन्स लिग खेलका लागि इरान भ्रमण गर्दा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र उनको टोलीले विशेष सुविधा पाउने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार एसियन च्याम्पियन्स लिगका लागि इरान पुग्दा रोनाल्डो सहितका खेलाडीहरुलाई विशेष इन्टरनेटको सुविधा दिइने भएको हो।

एसिया च्याम्पियन्स लिग अन्तर्गत केहि दिनमा अल नासरले पर्सेपोलिस एफसीको सामना गर्नेछ। त्यसको लागि इरान ल्याण्ड हुने बितिकै रोनाल्डो सहितका खेलाडीहरुलाई छुट्टै सिमकार्डको बेवास्ता गर्ने योजना रहेको बताइएको छ।

एक टेलिभिजन कार्यक्रमका क्रममा पर्सेपोलिस एफसीका अध्यक्ष रेजा दरभिसले खेलाडीहरुलाई इरानसेल सिमकार्डहरू दिने विषयमा कुराकानी भइरहेको बताए। उनका अनुसार अल नासरका खेलाडीहरुले इरानमा रहुनजेल बिना रोकतोक इन्टरनेट चलाउन पाउनेछन्।

“मैले [प्रमुख मोबाइल वाहक] इरानसेलका सीईओसँग कुरा गरेको छु। मैले उनलाई भनेको छु कि हामी खेलाडीहरू र कर्मचारीहरूलाई अप्रतिबंधित इन्टरनेटको साथ इरानसेल सिमकार्डहरू दिन चाहन्छौं ताकि उनीहरूले इरानमा प्रवेश गरेको समयदेखि छोड्दासम्म यसलाई प्रयोग गर्न सकून्।”,दरभिसले भने।

इरानमा इन्टरनेट धेरै प्रतिबन्धित छ, र दशौं हजार वेबसाइटहरू र सबै प्रमुख विश्वव्यापी सन्देश र सामाजिक मिडिया प्लेटफर्महरू अवरुद्ध छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *