June 22, 2024

एजेन्सी – नेपाली राष्ट्रिय टोलीकी स्टार सावित्रा ‘साम्बा’ भण्डारीले इजरायली शीर्ष डिभीजन लिगाट नसिममा हापोएल रानानाको उद्धार गरेकी छन्। खेलमा टोलीका लागि एक मात्र गोल गर्दै भण्डारीले आफ्नो क्लबको उद्धार गरेकी हुन्।

सावित्राले गोल गरेको खेलमा हापोएल रानानाले हापोएल पेटा टिक्भा एफसीसँग १-१ को बराबरी खेल्यो। पहिलो हाफमा कुनै टोलीबाट गोल हुन नसकेपनि दोस्रो हाफमा सावित्राले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएकी थिइन्।

खेलको ६० औं मिनेटमा गोल गरेपनि त्यसको पाँच मिनेटमै विपक्षी टोलीले बराबरी गोल फर्कायो। पेटाले लि फाल्कनको गोलमा बराबरी गरेको थियो। ८१ अ‍ौं मिनेटमा पेटाले पेनाल्टीको अवसर पाएपनि गोल गर्न भने सकेन।

इजरायली शीर्ष डिभीजन लिगाट नसिममा पाँच गोल गर्न सफल भएकी छन्। पहिलो खेलमै ४ गोल गरेकी सावित्राले पेटा टिक्भा एफसी विरुद्ध गोल गर्दा उनले गोल संख्या पाँच पुगेको हो। रानानाको २ खेलमा ४ अंक रहेको छ। पेटमा ३ खेलमा ७ अंक बटुल्दै शीर्षस्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *