June 25, 2024

एजेन्सी – फुटबलको सर्वोच्च संस्था फिफाले सन् २०२३ को फिफा बेस्ट अवार्डका लागि मनोनयन सार्वजनिक गरिसकेको छ। पुरुष तर्फ सो अवार्डका लागि १२ खेलाडी बीच प्रतिष्पर्धा हुनेछ।

मनोयनमा अर्जेन्टिनाका लियोनेल मेस्सी र जुलियन अल्भारेज, पोर्चुगलका बेर्नानडो सिल्भा, क्रोसियाका मार्सेलो ब्रोजोभिक, बेल्जियमका केभिन डी ब्रुने, जर्मनीका इके गुनडोगान, नर्वेका इर्लिंग हालाण्ड, स्पेनका रोड्री, फ्रान्सका किलीयन एम्बाप्पे, जर्जियाका खभिचा केभारा, ईङल्याण्डका डेक्लान राइस र नाइजेरियाका भिक्टर ओसिमहेन रहेका छन्।

यी १२ मध्ये एक खेलाडीले सो अवार्ड जित्नेछन्। सो अवार्डका लागि मुख्यतः मेस्सी, हालाण्ड र एम्बाप्पे बीच प्रतिष्पर्धा हुने अनुमान गरिएको छ। तर विश्वकपको प्रदर्शनका आधारमा मनोनयन सार्वजनिक भने गरिएको होइन।

फिफाका अनुसार विश्वकप सकिएपछि डिसेम्बर १९ देखि २० अगस्ट सम्मको प्रदर्शनको आधारमा १२ अवार्डका लागि मनोनयन सार्वजनिक गरिएको हो। त्यसको अर्थ यस अवार्डका लागि मेस्सीले विश्वकपमा गरेको सानदार प्रदर्शनलाई गणना गरिएको छैन।

“१९ डिसेम्बर २०२२ देखि २० अगस्ट २०२३ सम्मको अवधिमा हाँसिल सम्बन्धित उपलब्धिहरूको आधारमा च्याम्पियनशिप वा राष्ट्रियताको पर्वाह नगरी प्रत्येक श्रेणीमा उत्कृष्टलाई पुरस्कार प्रदान गरिनेछ।”,फिफाले अवार्डका लागि मनोनयन नियमहरूमा उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *